चलचित्र मार्फत पर्यटनको प्रबद्र्धनका लागि मेयर चौहानलाई चलचित्र पत्रकार संघको प्रस्तावनापत्र

66

वीरगंज, २१ जेठ ।

चलचित्र पत्रकार संघ नेपाल पर्साले पर्साको पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन प्रसाद चौहानलाई प्रस्तावना पत्र बुझाएको छ । संघका अध्यक्ष सूर्यनारायण वि.क.ले बुधवार नगर प्रमुख चौहानको कार्यकक्षमै भेटघाट गर्दैै प्रमुख चौहानलाई पत्र बुझाउनु भएको हो । पर्साको पोखरिया नगरपालिकामा चलचित्रमार्फत पर्यटनको प्रबद्र्धन गर्नका लागि आवश्यक कार्यक्रम र बजेट आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न अध्यक्ष वि.क.ले प्रमुख चौहानलाई आग्रह गर्नुभएको छ । पोखरियाका पर्यटकीय स्थलमा कलाकार, निर्माता एवम् निर्देशकहरुसँग अन्तरक्रिया गरेर त्यस क्षेत्रको प्रचारप्रसार गर्ने र पर्यटनको विकास गर्ने कार्यमा हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । नगर प्रमुख चौहानले पनि संघको कदमको सह्राना गर्दै नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संघले यसअघि वीरगंज महानगरपालिकामा पनि प्रस्तावना पत्र बुझाएको थियो । आगामी दिनमा अन्य पालिकामा पनि बुझाउने तयारी रहेको संघका उपाध्यक्ष आनन्द पटेलले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.