वीरगंजमा जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू भन्ने नाराका वीरगंजमा शनिबार जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल एतिम क्योकुशिन संघ फुल कन्टेक्ट करातेको आयोजनामा जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगिता संघका अध्यक्ष राजकुमार महतोको अध्यक्षता एवं प्रमुख अतिथि वीरगंज वडा नम्बर ११ का अध्यक्ष अजय चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथी चौरसियाले व्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रतियोगितामा विभिन्न तौल समूहका करिब १०० जना खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको मुख्य प्रशिक्षकको भूमिका धन्नजय मिश्राले निर्वाह गरेका थिए।
विजयी खेलाडीहरूलाई प्रमाणपत्र वितरण पत्रकार जगत राई, राकेश साह, आरोहण साह र राजन सिंहले गरेका थिए। प्रतियोगिताले जिल्लामा खेलकुदको विकास र युवाहरूको प्रतिभा उजागर गर्न सघाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।जिल्ला खेलकुद बिकाश समितीको प्रागंनमा सम्पन्न कार्यक्रमको आयोजना पर्सा सिपमुकल तालिम केन्द्रले गरेको थियो । कार्यक्रमको सहजीकरण विशेश्वर पटेलले गरेका थिए ।