वीरगंजमा महिला सञ्चारकर्मीका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु

53

श्री राधेमाई सामुदायिक विकास संस्थाको आयोजना र वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा महिला सञ्चारकर्मीहरूको लागि तीन दिने क्षमता अभिवृद्धि तालिम बुधबारदेखि वीरगंजमा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष निलिमा पौडेल, पूर्व उपाध्यक्ष युवराज खड्का लगायत वक्ताहरूले महिला सञ्चारकर्मीहरूको भूमिका, चुनौती र सशक्तिकरणका विषयमा आफ्ना धारणा व्यक्त गरे।

कार्यक्रम संस्थाकी कार्यक्रम संयोजक पूजा देवीको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिमको सहजीकरण पत्रकार आनन्द पटेलले गरेका थिए।

बसपार्कस्थित होटल हिमालमा शुरु तालिममा २५ जना महिला पत्रकारहरूको सक्रिय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.