वीरगंजमा साउन २७ गते मधेश युवा विकास महोत्सव हुने

65

अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा यही साउन २७ गते वीरगंजमा ‘मधेश युवा विकास महोत्सव आयोजना गरिने भएको छ। वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिइएको हो।

सचि प्रेम फाउन्डेशनको मुख्य आयोजना रहने उक्त महोत्सवमा कानुनी समाज केन्द्र कार्यक्रम व्यवस्थापकको रुपमा र हेरचाह नागरिक नेपाल सह–आयोजकका रुपमा रहनेछन्। कार्यक्रम वीरगंजस्थित क्लासिक बैंक्वेटमा सम्पन्न हुनेछ।

पत्रकार सम्मेलनमा कार्यक्रम व्यवस्थापक सुरजबाबु पटेलले सहजीकरण गरेका थिए भने सचि प्रेम फाउन्डेशनका प्रदेश अध्यक्ष तथा केन्द्रीय प्रवक्ता कृष्ण महत सनिले कार्यक्रमबारे विस्तृत जानकारी दिएका थिए।

महोत्सवमा मधेश प्रदेशका आठवटै जिल्लाबाट करिब ३०० युवाको सहभागिता रहनेछ। युवाको पलायन नियन्त्रण, वीरगंजलाई शैक्षिक हबको रुपमा विकास गर्ने र युवाहरुलाई दक्ष बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रम सञ्चालनका लागि करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमलाई प्रभावकारी बनाउन बारा र पर्साका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरिएको आयोजकको भनाइ छ।

यसअघि पनि आयोजक संस्थाले युवाको सशक्तीकरण तथा नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.