मानव अधिकार शिक्षा कार्यक्रम वीरगञ्जमा सम्पन्न
वीरगञ्ज, पर्सा | नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकारको संयुक्त आयोजनामा एक दिने मानव अधिकार शिक्षा कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता मानव अधिकार संगठनका पूर्व अध्यक्ष कमल मोहन पोखरेलले गरेका थिए भने प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका थिए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, तथा पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले मानव अधिकारको वर्तमान अवस्था, चुनौती र संवेदनशील पक्षहरूबारे प्रकाश पारे।
उनीहरूले मानव अधिकारको संरक्षण, पत्रकारिता र कानूनका विविध आयामहरूमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताएका थिए।
कार्यक्रमको सहजीकरण नेपाल बार एसोसिएसन पर्साका कोषाध्यक्षले गरेका थिए। कार्यक्रममा स्थानीय अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।