काठमाण्डौबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २६ जना घाइते

48

दाङ – काठमाण्डौबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा अनियन्त्रित भएर सडकमा पल्टिँदा २६ जना घाइते भएका छन् ।

आज बिहान ४ बजेतिर लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ वेलनदीमा पल्टिएको हो ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरुको बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल थियो ।

Leave A Reply

Your email address will not be published.