पूर्वप्रधानमन्त्रीद्वर्य माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने प्रमुख सचेतकंः शाही

571

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताउनु भएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले ललिता निवास सरकारी जग्गालाई मन्त्रिपरिषद्को निर्णयमा निजि बनाइएको बताउनुभयो ।

प्रमुख सचेतक शाहीले निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने उहाँको भनाइ छ । निर्णय गर्र्नेलाई उन्मुक्ति दिएर ब्ल्याकमेलिङका लागि व्यापारीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

यस्तो निर्णय कानुनी राज्यमा हुन नसक्ने बताउँदै सचेतक शाहीले प्रधानमन्त्रीले फागुन ६ गते संसदमा बोल्ने क्रममा बालकुमारी घटनालाई हत्याको घटना भनेर बोलेको भन्दै हत्या भएको भए गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई जेल हाल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘फागुन ६ गते प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम अन्तर्गत एउटा शब्द उच्चारण गर्नुभयो । बालकुमारीको घटना हत्या भएको हो भन्नुभएको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले बालकुमारीको घटना यदी हत्या हो भने हत्यारा आदेश दिन गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्री र गोली हान्ने प्रहरीका डिएसपीलाई पक्राउ गरेर जेल किन नहालेको र यदि हत्या हो भने जेल हाल्नुपर्छ । प्रधानमन्त्रीजस्तो मान्छेले यहाँ आएर जे पायो त्यही बोल्न पाइँदैन ।’

प्रमुख सचेतक शाहीले देश झनझन गरिब भएको र भ्रष्टाचार बढिरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरुमा कुनै भिजन नभएको भन्दै राजीनामा दिएर घर बस्न सुझाव दिनुभयो । उहाँले संसदीय व्यवस्था असफल भएको भन्दै यसको बारेमा सोच्ने बेला भइसकेको समेत बताउनुभयो ।

साभार ईमेज खबर

Leave A Reply

Your email address will not be published.