एमाले निकट युवा संघका पालिका अध्यक्ष मिरोज आलमले गरे पार्टी परित्याग
वीरगन्ज, फागुन ११
नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका धोबिनी गाउँपालिका अध्यक्ष महम्द मिरोज आलमले एमाले पार्टी परित्याग गरेका छन ।
राष्ट्रिय युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि समेत रहेका नेता आलमले आज समाजिक संजाल मार्फत आफु पार्टी परित्याग गरेको सर्वजनिक गरेका हुन ।
हाम्रा संमवादातासंग कुरा गर्दै धोबिनी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षका उम्मेदवार सदाम हुसैनका नजदिकी भन्ने युवा नेता आलमले निस्वार्थ भावनाले काम गर्दा पनि पालिकामा पार्टीले सहि मुल्यांकन नगरेको कारण आफु पार्टी परित्याग गरेको बताए । उनले नेताहरुले पार्टीमा युवालाई आवश्यक परेको बेला मात्र खोज्ने गरेको जानकारी दिए ।
उनले भने लामो समय देखी पार्टीमा काम गरे तर पर्सा जिल्लामा एमालेका नेताहरुले युवासंग मात्र जुलुसमा जिन्दावाद, मुर्दावादको नारा लगाउन गरेका छन । हाम्रो काम परेको बेला नचिने जस्तो गर्ने बानी एमालेका नेताहरुमा रहेको उनले दावी समेत गरे ।