प्रधानमन्त्री ओलीको जनकपुरधाम दोश्रोपटकको भ्रमण

55

जनकपुरधाम । प्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन्। यो भ्रमण साउन महिनाभित्रै दोस्रो पटक हुन लागेको हो।

मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको निमन्त्रणामा प्रधानमन्त्री ओली जनकपुरधाम आउन लागेका हुन्। मन्त्री लेखीले आइतबार प्रधानमन्त्रीलाई भेट गरी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक भवन उद्घाटनका लागि औपचारिक निमन्त्रण गरेका थिए।

जनकपुरधाम वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको उक्त प्रशासनिक भवनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम तय भएको मन्त्री लेखीले जानकारी दिए।
गृह, सञ्चार तथा कानुन मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत २५ करोड रुपैयाँ लागतमा बनेको उक्त भवनमा मधेश प्रदेश प्रहरी संगठनका विभिन्न शाखा रहने मधेश प्रहरीका प्रमुख ९डिआईजी० उमा प्रसाद चतुर्वेदीले बताए ।

यसअघि साउन ९ गते प्रधानमन्त्री ओली महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी भई सोही दिन हेलिकोप्टरमार्फत सुक्खाग्रस्त क्षेत्रहरूको अवलोकन गरि फर्केका थिए।

Leave A Reply

Your email address will not be published.