सेञ्चुरी प्लाइ उद्योगको पाँचौं वर्ष: आगो प्रतिरोधी र गन्धरहित नयाँ प्लाइउड बजारमा
वीरगञ्ज – पाँचौं वार्षिकोत्सवको अवसरमा सेञ्चुरी प्लाइ उद्योगले आफ्नो नयाँ उत्पादन ‘गर्जनउड’ ब्रान्डअन्तर्गत दुई प्रकारका प्लाइउड सार्वजनिक गरेको छ। शनिबार नगर सभा हलमा आयोजित कार्यक्रममा नेशनल सेल्सका प्रमुख दिवाकर झाँ, मार्केटिङ मेनेजर दिपेन्द्र कामत, र मार्केटिङ मेनेजर विश्वास मिश्रले संयुक्त रूपमा यी उत्पादन सार्वजनिक गरेका हुन्।
नयाँ उत्पादनको विशेषता
१। आग्निप्रतिरोधी प्लाइउड
आगोले ४५ मिनेटसम्म क्षति पुर्याउन सक्दैन, केवल धुवाँ निस्कन्छ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय र शक्तिशाली केमिकल प्रयोग।
वाटरप्रूफ र टिकाउ, पानी र मलको प्रतिक्रिया विरुद्ध सुरक्षित।
भवन, होटल, अस्पताल, बैंक, कार्यालय र निजी घरमा प्रयोग लाभकारी।
२। गन्धरहित ई–जिरो० प्लाइउड
परम्परागत प्लाइउडमा प्रयोग हुने ‘फर्माल्डिहाइड’ जस्ता हानिकारक रसायनबाट मुक्त।
एलर्जी, स्वासप्रश्वास समस्या र स्वास्थ्य जोखिम घटाउने।
विश्वका विकसित मुलुकहरूले स्वास्थ्य र वातावरणको दृष्टिले यसलाई मान्यता दिएका छन्।
उत्पादन मापदण्ड र उपलब्ध मोटाई
अत्याधुनिक क्यालिब्रेटर मेसिनबाट उत्पादन, मोटाई एकदमै सही ९जस्तै ६ mm ठ्याक्कै
कर्मचारी सुविधाहरू
निर्माण–सिकर्मीका लागि स्वास्थ्य बीमा एक लाख रुपैयाँसम्म – शिखर इन्स्योरेन्स मार्फत
तराई अस्पतालमा १५ प्रतिशत उपचार छुट
मासिक दुई वटा म्याक्स सिनेमा टिकट
नेशनल सेल्सका प्रमुख दिवाकर झाँले भने, “पाँचौं वर्षको सफलतापूर्ण यात्रामा नयाँ उत्पादन सार्वजनिक गर्नुले कम्पनीलाई थप मजबुत बनाउनेछ। सुरक्षा, स्वास्थ्य र टिकाउपनालाई ध्यानमा राख्दै हामीले यी नयाँ प्लाइउड बजारमा ल्याएका हौँ।”