नयाँ सरकार गठनको तयारीमा कांग्रेस, समर्थन फिर्ता घोषणा

95

८ असोज, काठमाडौं
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।

संसदीय दलका नेता कृष्णप्रसाद यादवले बैठकको निर्णयबारे जानकारी दिँदै, “जनमत पार्टीकै नेतृत्वमा बनेको सरकारले जनमतकै समर्थन हराइसकेपछि कांग्रेसले समर्थन जारी राखिरहनु औचित्यपूर्ण भएन,” भने।

कांग्रेस प्रदेश सांसद अन्जना पण्डितले संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय समेत गरेको बताइन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए। तर पछि अडान परिवर्तन गर्दै सदन सामना गर्ने निर्णय गरेका छन्। यसबीच जनमत पार्टीले भदौ ३१ गते मुख्यमन्त्री सिंह र आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा बुझाइसकेको थियो।

यद्यपि, सिंह अझै पनि पद नछाड्ने अडानमा छन्। कांग्रेसले अहिलेसम्म समर्थन कायमै राखेको भए पनि एमालेले सिंहलाई विश्वासको मत दिनेसम्मको आश्वासन दिइसकेको छ।

Leave A Reply

Your email address will not be published.