सिराहामा हत्या : ट्याक्टर सिकाउने विवादमै हत्या गरिएको प्रमाणित

67

वीरगञ्ज । सिराहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहामा भएको १५ वर्षीय अभिषेक सिंहको हत्याकाण्डले गाउँमा सनसनी मच्चिएको छ । असोज ५ गतेदेखि बेपत्ता भएका अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा फेला परेको थियो । प्रहरी अनुसन्धानले अभिषेकको क्रूर हत्याको पछाडि मृतककै आफन्तको हात रहेको पर्दाफास गरेको छ ।

प्रहरी स्रोतका अनुसार, हत्याको मुख्य अभियुक्त मृतकका नातामा हजुरबुबा पर्ने विन्देश्वर सिंहका १७ वर्षीय छोरा पङ्कज सिंह हुन् । तालिम प्राप्त कुकुरको सहयोग र बरामद प्रमाणहरूले पङ्कजको संलग्नता पुष्टि गरेको छ ।

घटनास्थलमा प्रहरीको कुकुर टोली पुग्दा डराएर पङ्कज आफ्नो घरको छतमा लुकेका थिए । कुकुर उनको आँगनमा पुगेपछि प्रहरीले शङ्काको आधारमा पङ्कजसहित आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

पङ्कजले योजनाबद्ध रूपमा अभिषेकको हत्या गरेको स्वीकार गरेका छन् । उनको बयानका आधारमा प्रहरीले हत्यामा प्रयोग भएको गम्छा, प्लास्टिकको ड्रम, मृतकको मोबाइल र सिम कार्ड, साथै पङ्कजको मोबाइल बरामद गरेको छ । पाँच करोड फिरौती माग्दै इमोमार्फत पठाइएको धम्कीपूर्ण सन्देश पठाउन प्रयोग भएको पङ्कजको मोबाइल दाउरा राख्ने कोठाबाट फेला परेको छ ।

सिराहाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले दोषी पक्राउ परिसकेको र केही कुराहरू निष्कर्षमा पुग्न बाँकी रहेको बताए । प्रहरीका अनुसार, असोज ५ गते साँझ पङ्कजले अभिषेकलाई “खेल्न जाऔँ” भन्दै घरबाट लगेका थिए । उनले पहिल्यै खेतमा खाल्डो खनेर ड्रम तयार राखेका थिए । अभिषेकलाई मजाकको बहानामा गम्छाले हात बाँधेपछि उनले घाँटी थिचेर हत्या गरे । त्यसपछि शवलाई ड्रममा हालेर खाल्डोमा पुरे र माथि माटोले ढाके ।

हत्यापछि पङ्कजले कसैलाई शङ्का नहोस् भनेर अभिषेकको खोजीमा आफन्तसँगै लागेको नाटक गरे । उनले असोज ६ गते बिहान अभिषेककी आमा रेखा सिंहको मोबाइलमा इमोमार्फत हिन्दीमा पाँच करोड फिरौती माग्दै धम्कीपूर्ण सन्देश पठाए । सन्देशमा पैसा नदिए हत्या गर्ने र प्रहरीलाई थाहा भए पनि बालकलाई मार्ने चेतावनी थियो । सन्देशमार्फत उनले घटनालाई बिहारसँग जोडेर भ्रम सिर्जना गर्न खोजेका थिए ।

घटना भएको रात ठूलो वर्षा भएपछि पङ्कज फेरि शव लुकाएको ठाउँमा पुगे । पानीले माटो बगाउँदा ड्रम देखिन थालेपछि उनले शव निकालेर आँप बगैँचामा फ्याले र ड्रमलाई नजिकैको पोखरीमा डुबाए । भोलिपल्ट बिहान स्थानीयले शव देखेपछि घटना बाहिर आएको थियो ।

पङ्कजले प्रहरीसमक्ष अभिषेकले आफूलाई ट्याक्टर चलाउन सिकाउन अस्वीकार गरेको कारण हत्या गरेको बताएका छन् । अभिषेक रेखा सिंहका एक मात्र छोरा थिए, उनकी ११ वर्षीय छोरी खुश्बु मात्र बाँकी छिन् । करिब १० वर्षअघि अभिषेकका बुबा सञ्जय सिंहको करेन्ट लागेर मृत्यु भएको थियो ।

पैतृक सम्पत्तिको जोहोमा अभिषेकले पढाइ छाडेर ट्याक्टर चलाएर खेतीपाती गर्थे । उनको निधनले आमा रेखा अचेत अवस्थामा छिन्, गाउँ शोकमा डुबेको छ ।

पङ्कजले हत्या एक्लै गरेको दाबी गरे पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले अन्य व्यक्तिको संलग्नता हुन सक्ने सम्भावनामा अनुसन्धान गरिरहेको छ । घटनाले स्थानीय समुदायमा ठूलो आक्रोश र शोक उत्पन्न गरेको छ ।

Leave A Reply

Your email address will not be published.