भिष्वा–५ मा गोली चलेपछि किशोर घाइते, दुई जना नियन्त्रणमा

87

पर्सा, असोज ९ । पर्सा जिल्लाको भिष्वा –५ मा बिहीबार राति गोली प्रहार भएको छ। घटनामा सोही वडाका करिब १७ वर्षीय गोलु आलम घाइते भएका छन्। घाइते आलमलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकका अनुसार गोली प्रहारको वास्तविक कारण अझै स्पष्ट हुन सकेको छैन। तर प्रारम्भिक अनुसन्धान अनुसार स्थानीय युवाबीचको विवादकै क्रममा गोली चलेको अनुमान गरिएको छ।

यस घटना सम्बन्धी संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। विस्तृत विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.