मुख्यमन्त्री यादव: “सुरक्षा चुनौती जनताबाट होइन, आन्दोलनकारीबाट
जनकपुरधाम , मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन् । शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका हुन् ।
मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि बताए । ‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्यो । सीमित कार्यक्रमहरू राख्नुपर्यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्यो भनेर आइसकेपछि यी विषयवस्तुहरू मैले कसलाई भन्ने रु,’ उनले प्रश्न गरे ।
मुख्यमन्त्री यादवले आफू सुरक्षित नभए अन्य दलका संसादहरूलाई पनि सुरक्षा चुनौती हुने जिकिर गरे । ‘सुरक्षा थ्रेट मलाई अरू कोबाट हुन्छ रु जनताबाट त हुँदैन । आन्दोनलकारीबाटै हुन्छ’, यावदवले भने, ‘म सुरक्षित छैन भने अन्य कुनै व्यक्ति सुरक्षित हुन सक्दैन ।