उम्मेदवार बन्ने आकांक्षा राख्छु, पार्टीले जहाँ खटायो समर्थन गर्नेछु’ – अनिल रुँगटा

32

प्रश्न: सरकारले फागुन २१ गतेको निर्वाचनको कार्यतालिका नै प्रकाशित गरिसकेको छ। तर पार्टी भित्र महाधिवेशनको मिति अझै अल्झिएको छ। पार्टी किन यति अनिर्णयको बन्दी बनेको छ?
रुँगटा: हेर्नुस, नेपाली काँग्रेस निकै लामो इतिहास बोकेको पार्टी हो। हामीले कुनै पनि निर्णय आवेग वा उत्तेजनामा गर्दैनौं। पुराना आदरणीय नेताहरुको अनुभव, नयाँ जोस र जाँगरलाई समेटेर पार्टीले जनताको विश्वासमा आधारित निर्णयमा पुग्नेछ। केही ढिलाइ भएको भए पनि निकास पक्का छ।

प्रश्न: पार्टी भित्र आन्तरिक द्वन्दले निर्वाचन केन्द्रित गतिविधिलाई असर गरेको जस्तो देखिन्छ।
रुँगटा: हो, हाम्रो केन्द्रीय समितिको बैठक लम्बिएको कारण जनताको घरमा पुग्न केही दिन ढिला भयो। तर अब पार्टी पूर्ण रूपले निर्वाचन केन्द्रित छ। संसदीय निर्वाचन अघि महाधिवेशन गर्ने वा नगर्ने विषयमा सहमति जुटाएर छिट्टै निर्णय हुनेछ।

प्रश्न: एमाले वर्तमान सरकारलाई असंवैधानिक भन्दै विरोध गर्दैछ। के तपाईं एमालेसँगै हिँड्न खोज्नु भएको हो?
रुँगटा: होइन, प्रत्येक पार्टीको आफ्नै नीति हुन्छ। हाम्रो दृष्टिकोण अलग छ। तर सबैको सहमति छ – लुटिएका हतियार र जेलबाट भागेका अपराधी बाहिर रहँदा निर्वाचन भय रहित हुँदैन।

प्रश्न: पार्टीको आन्तरिक द्वन्दले काँग्रेसले आफैँ हार्ने स्थिति आउँदैन र?
रुँगटा: कतै पनि अवश्य होइन। हामीले कमीकमजोरीबाट पाठ सिक्दै अब आफ्नो उम्मेदवारलाई हराएर लोकतान्त्रिक गणतन्त्रको हरण गर्ने पक्षमा छैनौं। अरु दलको उम्मेदवारलाई सहयोग गर्ने सपना अब कहिल्यै सम्भव छैन।

प्रश्न: पर्सामा चारवटा निर्वाचन क्षेत्र छन्। तपाईंले कुन क्षेत्र जित्ने लक्ष्य राख्नुभएको छ?
रुँगटा: पर्सा जिल्ला काँग्रेसको आधार किल्ला हो। हामी चारवटै निर्वाचन क्षेत्रमा जित सुनिश्चित गर्नेछौं। यसबाट पर्सा लोकतन्त्रको परीक्षा हुनेछ र मतदाताले हाम्रो सन्देश बुझ्नेछन्।

प्रश्न: तपाईं पनि उम्मेदवार बन्ने सोचमा हुनुहुन्छ?
रुँगटा: हरेक काँग्रेस सदस्यले उम्मेदवार बन्ने इच्छा राख्न सक्छ। जहाँसम्म मेरो कुरा हो, म नेकाका सिपाही हुँ। पार्टीले जुन मैदानमा खटायो, त्यसलाई आत्मसाथ गर्ने मेरो स्वभाव हो। यसैकारण म आगामी निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राखेको छु।

प्रश्न: टिकट पाउने आधार के हो?
रुँगटा: म कसैलाई अन्याय हुने अवस्था आउन दिन्न। हरेक जाति, भाषा, धर्म, संस्कृति र समुदायको हित हुने काममा ध्यान दिनेछु। बीरगंज र पर्सा जिल्लाको विकास, उद्योगधन्दा, पूर्वाधार र जनताको आधारभूत आवश्यकता पूरा गर्न पार्टीको जित अनिवार्य छ।

प्रश्न: अन्तमा, तपाईंकाे सन्देश के छ?
रुँगटा: काँग्रेस एक भएर देशलाई निकास दिनुमा कुनै कसर बाँकी राख्ने छैन। पार्टीले जुन निर्णय गरे पनि हामी त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्नेछौं।

Leave A Reply

Your email address will not be published.