राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा पर्साका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

36

 

वीरगञ्ज ९ पुस

आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि जनमत पार्टीका तर्फबाट पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सिफारिस गरेको छ ।

पुस ९ गते बुधबार सम्पन्न राष्ट्रिय मुक्ति पार्टीको क्षेत्रीय बैठकले चार वटै निर्वाचन क्षेत्रबाट गरी ४ जनाको नाम सिफारिस गरेको हो ।

जस अनुसार पर्सा क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य अनिरुद्ध प्रसाद कलवार क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य ईशलाम हवारी क्षेत्र नम्बर ३ बाट केन्द्रीय सह महासचिव नेजामुदिन समानी त्यसैगरी क्षेत्र नम्बर ४ बाट जिल्ला अध्यक्ष राजेश कुमार साहको नाम सिफारिस गरिएको छ राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष साहले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.