जनमत पार्टीद्वारा धोती–टोपीसहित वीरगञ्ज नगर परिक्रमा, राष्ट्रिय पोसाक दिवस मनाइयो

14

पौष १७ गते, वीरगञ्ज । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर वीरगञ्ज नगर परिक्रमा गर्दै राष्ट्रिय पोसाक दिवस मनाएका छन्। ‘धोती–टोपी एक हौँ’ भन्ने सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले सांस्कृतिक पहिचान र आपसी सम्मानको सन्देश दिएका छन्।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजित कार्यक्रममार्फत पहाडी समुदायले मधेसी समुदायमाथि गरेको दुर्व्यवहारको विरोधस्वरूप राष्ट्रिय पोसाक दिवस मनाइएको जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए। उनका अनुसार मधेसी समुदायको पहिचानका रूपमा रहेको धोतीप्रति हुने विभेदको विरोध र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागीहरूले धोती र टोपी दुवै नेपाली पहिचानका अभिन्न अङ्ग भएको उल्लेख गर्दै ‘तराई–पहाड एक हौँ’ भन्ने नारा लगाउँदै नगर परिक्रमा गरेका थिए।

आयोजकका अनुसार यस्तो कार्यक्रमले विविधतामा एकता र सबै समुदायबीच आपसी सम्मान तथा सहिष्णुता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा वीरगन्ज सहर परिक्रमा गर्दै निस्किएको रयालीमा केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, सिमा गुप्ता, मालती कुशवाहा, श्याम प्रसाद गुप्ता, श्याम शंकर चौरसिया, नजमा खातुन, रुक्साना खातुन ,,प्रदेश सदस्यहरु बृजेस्वर चौधरी , राजनरानय मिस्रा, सत्जुग साह,अबदुल अन्सारी नेताहरू अमरनाथ सिह राठौर, वीरगन्ज महानगर अध्यक्ष महादेव शर्मा, पर्सागढी नगर अध्यक्ष मनोज यादव , बिन्दावासिनि गाउँपालिका अध्यक्ष ललन(बिनोद) चौरसिया, बहुदरमाइ नगर अध्यक्ष जगदीश पटेल ,नगर संयोजक सतेन्द्र गुप्ता, सखुवा प्रसौनी पालिका अध्यक्ष देवेन्द्र रवानी, छिपहरमाई गापा अध्यक्ष कृष्ण कुशवाहा, कालिकामाई गापा अध्यक्ष प्रदीप साह,पटेर्वासुगौलि गापा अध्यक्ष शिव मुखिया, इन्जिनियर संघ जिल्ला अध्यक्ष ई.राजुराज गिरि,युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अन्जना गुप्ता,दलित अध्यक्ष नरेश राम, नेताहरू हरु डा.मनोज कुमार, सिए देवाराज, महेश चैरसिया, रामबाबु चौरसिया, जय भोले यादव ,सहनवाज राकी, नागेन्द्र गुप्ता, तुल्सि राम,एकबाल अन्सारी , युवा नेता अजित सिह, सुजित सिह लगायतका सयौंको संख्यामा सहभागीता रहेको थियो।

Leave A Reply

Your email address will not be published.