जगरनाथपुर गांउपालिकामा दुई वर्षको आयव्याय सार्वजनिक गर्न स्थानियको मांग

422

७ चैत्र, पर्सा

पर्साको जगरनाथपुर गांउपालिकामा विगत दुई वर्ष देखी आयव्यव सार्वजनिक नगरि अध्यक्ष र कार्यपालिकाले बहुमतको दम्भमा मनोमानी गरिरहेको स्थानियले आरोप लगाएका छन । मंगलवार गांउपालिकामा सयौको संख्यामा पुगेका स्थानिय बासिन्दाले यस्तो आरोप लगाएका हुन ।

पालिका अध्यक्ष श्रीकान्त यादवले गोप्य रुपमा पालिकाको बजेट , योजना संचालन र कर्मचारी भर्ना गरेको आरोप लगाउदै स्थानियले दुई वर्षको सबै प्रकारको आयव्यव सार्वजनिक गर्न मांग गरेका छन । पालिकाको रेड बुक सार्वजनिक नगरि गोप्यरुपमा उपभोक्ता समिती बनाई आफनो नाता पर्ने व्यक्तिहरुलाई भुगतानी गर्ने, पहिलाको कर्मचारीलाई हटाई आफनो नातागोता वां कार्यकर्ता भर्ती गरेको आरोप लगाउदै स्थानियले सुचनाको हक प्रयोग गरि भुगतानी विवरण ,कर्मचारी भर्ना प्रकृया, लक्षित तथा समाजिक कार्यक्रमको विवरण भुगतानी,खरिद तथा खर्च विवरणको सुचना मांग गरेका छन ।

जगरनाथपुर ४ का कैतुल्लाह मियां अन्सारीले सुचना माग गर्दै गत चैत ४ गते निवेदन दर्ता गराएका हुन । निवेदन दर्ता गर्दै पालिकाले मंगलवार ६ गते सुचना उपल्बध गराउने भनेको थियो । तर मंगलवार पालिकामा अध्यक्ष र प्रमुख प्रशाककिय अधिकृत अनुपस्थित रहेका थिए । सुचना दिन अंसारी संयौको संख्यामा स्थानियहरु सहित पलिकामा पुगेका थिए । तर अध्यक्ष र अधिकृत अनुपस्थित हुदा उनीहरु निरास भएर पर्किए । सुचनाकोलागि आफुहरु नियम अनुसार दुई साता पर्खिने र त्यसपछि आलटाल गरिएमा विधिी अनुसार अगाडी बढने सहभागीहरुले बताए । विगत दुई वटा योजना तथा निती कार्यक्रम पालिकामा प्रयाप्त पूर्वाधार हुदाहदैपनि यहा नगरि बाहिर गर्ने र बजेट सार्वजनिक नगरि गोप्यरुपमा संचालन गर्ने कार्यको बिरोधमा सर्वपक्षिय भेला र छलफलपछि आफुहरु विरोधमा उत्रिएको स्थानिय एमाले नेता कृष्ण मोहन यादवले बताए ।

बोर्डको बहुमतको आधारमा मनोमानी गर्न नपाइने जनताको सामु पालिकाको हरेक गतिविधी सार्वजनिक गर्नै पर्ने सर्वदलिय भेलाले निणर्य गरेअनुरुप आफुहरु अगाडी बढेको उनले बताए । एमाले बाट निर्वाचित वडा अध्यक्षहरुलाई वेवास्ता गरि बोर्ड बैठकमा नबोलाउने, उहाहरुको राय नसुन्ने तथा अन्य दलसंग कुनै सहकार्य समन्वय नगरि मनोपरि गर्ने प्रवृतीको अन्त तथा भ्रष्टाचार रोक्न आफुहरु सघर्षमा उत्रिएको वडा नम्बर ४का अध्यक्ष बैजनाथप्रसाद चौधरीले बताए । यता पालिकाका प्रशासन प्रमुख पिंकु रामले अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत कार्य व्यस्तताले उपस्थित नभएको बताए । उनले सुचना नदिने कुनै नियत नरहेको तथा मांग भएको सुचनाको विवरण धेरै भएकोले समय लागेको बताउदै उनले भने ’ सुचना तयार हुदैछ ,निश्चीत समयभित्र हामी उपल्बध गराउने छ।

Leave A Reply

Your email address will not be published.