गुगल एकेडेमी विद्यालयमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न

70

बिरगञ्ज, पुस २९ — बिरगञ्ज महानगरपालिका–२८ स्थित गुगल एकेडेमी विद्यालयको आयोजनामा विद्यालय स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक नरेश राउत कुर्मीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर २४ का वडा अध्यक्ष बिजय प्रसाद कुर्मी रहनु भएको थियो ।

कार्यक्रमअन्तर्गत मार्चपास, पिटी प्रदर्शन, दौड प्रतियोगिता, विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिएका थिए। विद्यार्थीहरूले प्रस्तुत गरेको मार्चपास र पिटी प्रदर्शनले उपस्थित सबैको मन जितेको थियो।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। वक्ताहरूले खेलकुद तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका |

कार्यक्रममा विशेष अतिथि वीरगञ्ज महानगरपालिकाका जन सम्पर्क सल्लाहकार तथा प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रा र समाजसेवी रामानन्द पटेल , शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै गरिएको थियो। विद्यालय प्रशासनले आगामी दिनमा यस्ता सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.