सन्तोष पटेलको घरदैलो कार्यक्रममा भव्य सहभागिता, पर्सा–२ मा लोकप्रियता तीव्र रूपमा बढ्दै

74

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत आज डोकैला बहुवरी, मनवा बजार तथा बढ्नियार क्षेत्रमा नेपाल जनता पार्टीद्वारा घरदैलो जनसम्पर्क कार्यक्रम सम्पन्न भएको छ।

घरदैलो कार्यक्रमका क्रममा नेपाल जनता पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, विचार तथा चुनावी एजेन्डाबारे जानकारी गराएका थिए। कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सन्तोष पटेल (सन्तोषानन्द महाराज) को उम्मेदवारीलाई सफल बनाउन आग्रह गरिएको थियो।

स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, रोजगारी, धार्मिक–सांस्कृतिक संरक्षण तथा आधारभूत विकासका विषयमा आफ्ना धारणा राखेका थिए। त्यस अवसरमा नेताहरूले जनताको विश्वास र साथकै आधारमा पर्सा क्षेत्र नं. २ लाई विकास, सुशासन र पहिचानको दृष्टिले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता देखिएको थियो भने नेपाल जनता पार्टीप्रति जनसमर्थन क्रमशः बढ्दै गएको संकेत देखिएको सहभागीहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.