पर्सा–२ मा नेपाल जनता पार्टीको घरदैलो: सन्तोष पटेलको समर्थन बढ्दै
वीरगञ्ज । पर्सा जिल्ला क्षेत्र नं. २ को बगही, ध्यानसिंह पिपरा, कोनिहा र बिन्दवासिनीमा आज नेपाल जनता पार्टीद्वारा घरदैलो कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, विचार र प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सन्तोष पटेल (सन्तोषानन्द महाराज) को उम्मेदवारी सफल बनाउन आग्रह गरेका थिए।
स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, रोजगारी, धार्मिक–सांस्कृतिक संरक्षण, सडक र आधारभूत पूर्वाधार विकास जस्ता मुद्दामा आफ्ना धारणा राखेका थिए। नेताहरूले जनताको विश्वास र समर्थनकै आधारमा पर्सा क्षेत्र नं. २ लाई विकास, सुशासन र पहिचानको दृष्टिले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा स्थानीयको उत्साही सहभागिता देखिएको थियो भने सहभागीहरूले पार्टीप्रति जनसमर्थन क्रमशः बढ्दै गएको बताएका छन्। कार्यक्रममा युवापुस्ता र वृद्ध–वृद्धाले समेत सक्रिय सहभागिता जनाएका थिए, जसले क्षेत्रको राजनीतिक माहोलमा नयाँ ऊर्जा थपेको सहभागीहरूले बताए।
नेपाल जनता पार्टीले आगामी दिनमा पनि यस प्रकारका घरदैलो कार्यक्रम निरन्तर जारी राख्ने जनाएको छ, जसले मतदातासँग प्रत्यक्ष संवाद र समझदारी बढाउने विश्वास दिलाएको छ।