“जनमत पार्टी पर्सा–१ मा संगठन सुदृढीकरण, ३४ बुथ इन्चार्ज अभिमुखीकरण सम्पन्न”
वीरगञ्ज। २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले संगठन सुदृढीकरणमा तीव्रता दिएको छ।
“आपन बुथ सब से मजबुत” अभियान अन्तर्गत पर्सा क्षेत्र नम्बर–१ का ३४ वटै बुथका इन्चार्ज, महिला इन्चार्ज तथा युवा इन्चार्जहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम पार्टीकै आयोजनामा भएको हो।
अभिमुखीकरणमार्फत बुथस्तरको संगठनलाई अझ मजबुत बनाएर मतदाता केन्द्रित अभियान अघि बढाउने रणनीति तय गरिएको पार्टीले जनाएको छ।
उक्त अवसरमा पर्सा–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले औपचारिक रूपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन्। उनले “बुथस्तर नै निर्वाचन जितको आधार” हुने उल्लेख गर्दै पार्टी संगठनलाई एकताबद्ध र सक्रिय बनाएर मैदानमा उत्रिन कार्यकर्तालाई आग्रह गरे।
जनमत पार्टीले आगामी दिनमा घरदैलो, जनसम्पर्क तथा विभिन्न चुनावी कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ। पार्टीका अनुसार २१ फागुनको निर्वाचन निर्णायक हुने देखिएको छ।