परवानीपुरमा एकै परिवारका आमा–छोराको धारिलो हतियार प्रहार गरी हत्या

69

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया डिहमा बुधबार बिहान एकै परिवारका आमा र छोराको निर्मम हत्या भएको छ।

४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र उनका २७ वर्षीय छोरा रामेश्वर महतो मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। मृतक दुवै जना आमा–छोरा हुन्।

घटनामा सुमित्राका श्रीमान् जगरूप महतो मण्डल, उनकी २० वर्षीया छोरी रीना कुमारी र बुहारी मनिता घाइते भएका छन्। घाइते तीनै जनाको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर नभएको जनाइएको छ।

घटनापछि घटनास्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। हत्या कसले र किन गरेको हो भन्ने विषयमा अहिलेसम्म स्पष्ट खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार तालिमप्राप्त कुकुरको प्रयोग गरी खोजतलास तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.