बास्तू बिहार चोकमा बेवारिसे कारबाट कटुवा पेस्तोल, सिक्सर र गोली बरामद

40

वीरगञ्ज, असोज १ आनन्द पटेल—

सशस्त्र प्रहरी बल, नेपाल पर्साले वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तूबिहार चोकबाट बेवारिसे अवस्थामा रहेको कारभित्र लुकाइराखिएको अवस्थामा हतियार तथा गोली बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको गाडी मोबाइल टोलीले UP 16 AJ 3301 नम्बरको बेवारिसे कार जाँच गर्ने क्रममा बोराभित्र लुकाइराखिएको अवस्थामा हतियार फेला पारेको हो।

कारबाट २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद हतियार, गोली तथा कारलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश भट्टले घटनाबारे जानकारी दिएका हुन्।

Leave A Reply

Your email address will not be published.