वीरगञ्जबाट २० लाख ९० हजारको भन्सार छलीका सामान बरामद

44

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका २० लाख ९० हजार ४१० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असोज २६ गते दिउँसो करिब ४ः३० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट उक्त सामान बरामद गरिएको हो ।

भारतबाट भन्सार छली गरी चोरी पैठारीमार्फत नेपाल भित्र्याइएका सामानमा विभिन्न किसिमका सर्टिङ–सुटिङका कपडा, लेडिज कुर्ता–सुरुवाल, बालबालिकाका विभिन्न प्रकारका कपडा तथा खाद्यान्न लगायतका सामग्री रहेका छन् ।

बरामद गरिएका सामान आवश्यक कानुनी कारबाहीका लागि असोज २७ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले उक्त जानकारी दिएका हुन् ।

Leave A Reply

Your email address will not be published.