हिन्दू राष्ट्रको एजेन्डामा सशक्त उपस्थितिः पर्सा–२ मा सन्तोष पटेलको घरदैलो अभियान तीव्र

82

माघ १६, आनन्द पटेल

पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. १७ कोनिहा तथा पर्सागढी नगरपालिका वडा नं. ४ हरदाशपुरमा आज नेपाल जनता पार्टीद्वारा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।

“हर हर कमल, घर घर कमल” नाराका साथ गरिएको घरदैलो कार्यक्रममा युवा, महिला तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उनीहरूलाई उच्च सम्मान गर्दै पार्टीको मूल एजेन्डा जनस्तरसम्म पुर्‍याइएको थियो।

घरदैलोका क्रममा सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज, शिक्षा, स्वास्थ्य, सुशासन, विकास, सुरक्षा र रोजगारी जस्ता विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।

नेपाल जनता पार्टीका प्रभावशाली नेता सन्तोष पटेलले निरन्तर रूपमा हिन्दू राष्ट्र र सनातन मूल्य–मान्यताको मुद्दा उठाउँदै आएका छन्। क्षेत्रमै हिन्दू मुद्दामा उनको पकड मजबुत हुँदै गएको जनताको प्रतिक्रियाबाट स्पष्ट देखिएको छ।

स्थानीयवासीहरूले हिन्दू पहिचानको संरक्षण, संस्कार र राष्ट्र निर्माणका सवालमा सन्तोष पटेलको स्पष्ट धारणा र निरन्तरताको खुलेर प्रशंसा गरेका छन्। पार्टीले क्षेत्रको समग्र समृद्धि र सांस्कृतिक पुनर्जागरणका लागि संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.