वीरगञ्ज–२८ मा सुशील कानुको घरदैलो, जनसमस्या सुन्दै मत माग

35

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२८ स्थित बगही टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा अपेक्षाहरू सुनेका थिए। उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेही राजनीतिको आवश्यकता औँल्याउँदै युवाको नेतृत्वमार्फत वास्तविक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका विषयमा आफ्ना धारणा राखेका थिए। उम्मेदवार कानुले जनताको आवाज संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै परिवर्तनका लागि घण्टी चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।

घरदैलो कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.