पर्सा–३ मा रूपेश कुमार पाण्डेको सशक्त उपस्थितिले कार्यकर्तामा नयाँ ऊर्जा
नेकपा एमाले पर्सा जिल्लाको आयोजनामा सम्पन्न बृहत् कार्यकर्ता भेलाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप तातेको छ। भेलामा परिवर्तनका संवाहक तथा भरोसायोग्य युवा उम्मेदवार रूपेश कुमार पाण्डेको सशक्त उपस्थितिले नेता–कार्यकर्तामा नयाँ उत्साह र ऊर्जा थपिएको देखिएको छ।
भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार पाण्डेले नेकपा एमालेमाथि भइरहेको चौतर्फी षड्यन्त्रलाई परास्त गर्न एकताबद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट पार्नुभयो। उहाँले मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन र विकासको बाटोमा अघि बढाउन एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीका उम्मेदवारहरूलाई भारी मतले विजयी गराउन आह्वान गर्नुभयो।
जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय कमिटी उपाध्यक्ष एवं पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सम्पन्न भेलामा हजारौँको संख्यामा नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जसपा लगायत विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुले पर्सा जिल्लामा एमालेप्रतिको जनविश्वास झनै मजबुत बन्दै गएको संकेत गरेको छ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापा ‘बादल’ले सक्षम, जनउत्तरदायी र विकासप्रेमी उम्मेदवारहरू नै एमालेको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेले निर्णायक जित हासिल गर्ने दाबी गर्नुभयो।
पर्सा–३ मा राजनीतिक विकल्पको खोजी लगभग समाप्त भइसकेको जनधारणा बन्दै गएको देखिन्छ। विकास, राष्ट्रियता र स्थायित्वको स्पष्ट दृष्टिकोणसहित चुनावी मैदानमा उत्रिएका रूपेश कुमार पाण्डे आज पर्सा–३ का जनताको भरोसाको केन्द्रका रूपमा स्थापित हुँदै गएको कार्यकर्ताहरूको भनाइ छ।
“पर्सा–३ मा विकल्प छैन, भरोसाको नाम एक मात्रै— रूपेश कुमार पाण्डे” भन्ने नारा कार्यकर्ता तहदेखि जनस्तरसम्म गहिरिँदै गएको छ। परिवर्तन चाहने जनताको रोजाइ आज स्पष्ट रूपमा नेकपा एमाले र रूपेश कुमार पाण्डेतर्फ केन्द्रित हुँदै गएको देखिन्छ।