सन्तोष पटेलद्वारा पर्सागढीमा हिन्दू सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको संदेश

75

पर्सागढी, पर्सा, माघ २० – पर्सा जिल्लाको क्षेत्र नं २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका वडा नं ६ (बागेश्वरी) र वडा नं ८ (हरपुर) मा आज नेपाल जनता पार्टी का उम्मेदवार सन्तोष पटेल को घरदैलो कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा उम्मेदवार सन्तोष पटेलले “एक भोट राष्ट्रका लागि, राष्ट्रिय एकता, हर–हर कमल, घर–घर कमल” नारासहित क्षेत्रका जनता, युवा, महिला र विद्यार्थीहरूलाई सम्बोधन गर्दै सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापनाको लक्ष्य आफ्नो चुनावी एजेन्डामा रहेको बताए। उनले क्षेत्रको आर्थिक विकास, शिक्षा–स्वास्थ्य, सुशासन, सुरक्षा, रोजगारी, धार्मिक–पर्यटक प्रवर्द्धन र भ्रष्टाचारमुक्त समाज सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सन्तोष पटेलले ऐतिहासिक तीर्थ स्थल श्री पर्सागढीमा सामुहिक पूजा गर्दै नागरिकसँग क्षेत्रको समृद्धि र खुशीयालीको कामना गरे।

स्थानीय समाजसेवी, महिला समूह, विद्यार्थी र विभिन्न वर्गका नागरिकको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले उम्मेदवारको सकारात्मक अभियानको प्रशंसा गर्दै क्षेत्रको हिन्दू सांस्कृतिक पहिचान, राष्ट्रिय एकता र विकास सुनिश्चित हुने अपेक्षा व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.