पर्सा–२ मा नेपाल जनता पार्टीको घरदैलो अभियान, सन्तोष पटेलद्वारा हिन्दू राष्ट्रको पक्षमा जनसम्पर्क तीव्र

89

माघ २१,वीरगञ्ज आनन्द पटेल।

पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका वडा नम्बर–७ का तिकुलिया, रघुनाथपुर, बागेश्वरी तथा वडा नम्बर–९ एकटाँगामा आज नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

“एक भोट राष्ट्रका लागि, राष्ट्रिय एकता, हर–हर कमल, घर–घर कमल” भन्ने नारासहित सञ्चालन गरिएको घरदैलो कार्यक्रममा स्थानीय युवा, महिला तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा नेपाल जनता पार्टीले आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज, शिक्षा–स्वास्थ्य, सुशासन, विकास, सुरक्षा तथा रोजगारी सिर्जनालगायत क्षेत्रको समग्र समृद्धिलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ।

घरदैलो अभियानमा पार्टीका नेता सन्तोष पटेलले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, कार्यक्रम र उद्देश्यबारे जानकारी गराउनुभयो। उहाँले लामो समयदेखि निरन्तर रूपमा हिन्दू राष्ट्र पुनःस्थापनाको मागलाई जनजनमा बुलन्द गर्दै आएको बताउँदै राष्ट्रको पहिचान, संस्कार र सांस्कृतिक संरक्षणका लागि सनातन हिन्दू राष्ट्र आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

घरदैलो क्रममा स्थानीयवासीहरूले धार्मिक आस्था, राष्ट्रिय एकता र विकासका विषयमा चासो व्यक्त गर्दै आगामी निर्वाचनमा सही विकल्प रोज्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नेपाल जनता पार्टीले यस अभियानलाई निर्वाचनसम्म निरन्तर रूपमा अघि बढाउने जनाएको छ।

Leave A Reply

Your email address will not be published.