रोजगारी र स्वरोजगारीलाई प्राथमिकता दिँदै ओमप्रकाश सरार्फको वीरगञ्जमा जनसंवाद

59

वीरगञ्ज । माघ २१ गते पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ लक्षमनवा र वडा नम्बर–८ पानी ट्यांकी क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगञ्ज औद्योगिक नगरी भए पनि स्थानीय युवाहरू बेरोजगार हुनु र रोजगारीको खोजीमा विदेश वा अन्य शहर जान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य आवश्यक रहेको बताउनुभयो। उहाँले आफू सँग स्पष्ट ‘रोडम्याप’ रहेको उल्लेख गर्दै बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने, सीपमूलक तालिममार्फत स्वरोजगारीसँग जोड्ने तथा महिलाहरूलाई समेत आयआर्जनका अवसरमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उम्मेदवार सरार्फले देश र मधेसको समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै आगामी निर्वाचनमा ‘हर्न’ छापमा मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभयो।

कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्या गुप्ता, रम्भा मिश्रा, श्याम गुप्ता, राजनारायण मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, हिरालाल राम, डा. मोहम्मद राजा, रामजी रौनियार, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

घरदैलो तथा संवाद कार्यक्रमले स्थानीयवासीहरूसँग प्रत्यक्ष संवादको माध्यमबाट पार्टीका नीति तथा कार्यक्रमप्रति जनचासो बढाएको जनमत पार्टीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.