भगवान कुर्मीकाे मधेस भ्रमण: बेरोजगारी–अशिक्षा चरम, रूपेश कुमारलाई जनताको समर्थन

559

पर्सा–३, मधेस प्रदेश – जेनजी युवा समूहका अध्यक्ष भगवान कुर्मी ले दुई दिनको मधेस भ्रमणको अनुभव सार्वजनिक गर्दै देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चेतावनी दिएका छन्।

उनले भने, “नेपालले माओवादी जनयुद्ध, मधेस आन्दोलन, प्राकृतिक प्रकोप, कोभिड महामारी, जेनजी आन्दोलन लगायतका सबै चुनौती भोग्दा पनि राष्ट्रियता, सार्वभौमसत्ता र सुशासन खस्किएको छ। अहिलेको निर्वाचन प्रक्रियामा विदेशी हस्तक्षेप र विध्वंसकारी षड्यन्त्र चलिरहेको छ।”

उनले मधेस प्रदेशका आठ जिल्लाको भ्रमणबाट बेरोजगारी र अशिक्षा चरम सीमामा पुगेको अनुभव साझा गरे। “देशमा विकासको ढोका खुलेको भए पनि आवश्यक स्तरमा उपलब्धि छैन। राजनीतिक दलहरूले आफ्नो व्यक्तिगत फाइदा र रोटी कमाउन मधेसलाई प्रयोग गरिरहेका छन्,” कुर्मीले बताए।

कुर्मीले वर्तमान राजनीतिक दलहरूमा आलोचना गर्दै भने, “माओवादीले हजारौं जनालाई मार्यो, नेपाली कांग्रेसले आर्थिक शक्ति नियन्त्रणमा राख्यो, जेनजी आन्दोलनको नाममा देशभर विध्वंसकारी गतिविधि भइरहेका छन्। तर नेकपा एमालेले सुशासन र विकासको एजेन्डामा जनताको भरोसा जितेको देखिन्छ।”

उनले जेनजी आन्दोलन जायज भए पनि नेतृत्वको सही छनोट आवश्यक भएको र भ्रममा नपर्न जनता सचेत हुनुपर्ने बताउँदै रूपेश कुमारलाई समर्थन गर्ने निर्णयको घोषणा गरे। कुर्मीले जनतालाई आग्रह गरे, “अमुल्य मतलाई देशको विकास, सुशासन र राष्ट्रियताको लागि प्रयोग गरौं। ठगी र स्टंटबाजीमा फस्ने नेता वा पार्टीलाई मत नदिनुहोस्।”

Leave A Reply

Your email address will not be published.