पर्सागढीमा सन्तोष पटेलको शक्ति प्रदर्शन: हिन्दू राष्ट्र र समृद्धिको एजेन्डासहित कमल छापमा मत माग्दै
पर्सा, निर्वाचन क्षेत्र नं. २।
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका मा भेडहा खोला नजिक अवस्थित श्री भोलेनाथ महादेव मन्दिर प्राङ्गण तथा वागेश्वरी तितरौना मठमा जनजागरण कार्यक्रम तथा स्थानीय अगुवाहरूसँग भेटघाट सम्पन्न गरिएको छ।
कार्यक्रममा “एक भोट राष्ट्रका लागि, हर हर कमल घर घर कमल” भन्ने नारासहित विभिन्न एजेन्डाहरू सार्वजनिक गरिएको थियो। युवा, महिला र विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्य सुधार, सुशासन, विकास र सुरक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।
त्यसैगरी किसानलाई उच्च प्राथमिकता, खेल जगतलाई प्रोत्साहन, मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण, रामायण सर्किट निर्माणमार्फत रोजगारी सिर्जना गर्दै क्षेत्रको समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा उपस्थित नेताहरूले समग्र परिवर्तन, स्वाभिमानको रक्षा र क्षेत्रीय विकासका लागि नेपाल जनता पार्टीको कमल छापमा मतदान गरी साथ, सहयोग र आशीर्वाद दिन मतदातासँग अपिल गरेका छन्।