जसपा प्रभावकारी नेताहरूले एमाले रोज्दै समृद्धि, विकास र सुशासनको पक्षमा सशक्त कदम

312

पर्सा, फागुन।

जसपा पार्टीका प्रभावकारी युवा नेता तथा मधुसुदन चौरसिया नेतृत्वमा ओकिल मियाँ, नन्दु साह कानु, सोयल अख्तर, प्रभु बैठक लगायतका सक्रिय नेताहरूले आज औपचारिक रूपमा नेकपा (एमाले) प्रवेश गरेका छन्।

काठमाडौँमा आयोजित विशेष कार्यक्रममा नेकपा एमालेका श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले नवप्रवेशी नेताहरूलाई खादा र टीका लगाएर भव्य स्वागत गर्नुभएको थियो। अध्यक्ष ओलीले देशको समृद्धि, सुशासन र विकासका लागि एमाले नै सक्षम र भरोसायोग्य शक्ति भएको उल्लेख गर्दै पार्टीमा नयाँ उर्जा थपिने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा नवप्रवेशी नेताहरूले स्थानीय तहदेखि संघीय तहसम्म विकास र स्थायित्वका लागि एमालेको नेतृत्व आवश्यक रहेको प्रतिबद्धता व्यक्त गरे।

यस प्रक्रियामा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा को सक्रिय सहकार्य र निरन्तर पहलले पार्टी पर्सा जिल्लामा नयाँ उर्जा सहित स्थापित हुने संकेत देखिएको छ।

Leave A Reply

Your email address will not be published.