निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै पर्सामा मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध

44

 

जिल्ला प्रशासन कार्यालय, पर्सा ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ।

कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार आगामी निर्वाचनलाई मध्यनजर गर्दै सार्वजनिक स्थानमा मदिरा बिक्री, वितरण तथा सेवन गर्दा शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले जिल्ला सुरक्षा समितिको निर्णय, गृह मन्त्रालयको निर्देशन तथा निर्वाचन आयोग को परिपत्रअनुसार उक्त प्रतिबन्ध लागू गरिएको हो।

सूचनामा तोकिएको अवधिभर मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवन पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। आदेशको उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल द्वारा हस्ताक्षरित सूचनामा जिल्लावासी, व्यवसायी तथा सरोकारवाला सबैलाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिएको छ।

प्रशासनले निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न र मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्न सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको स्पष्ट पारेको

Leave A Reply

Your email address will not be published.