पर्सा, धनुषा र सुर्खेतमा चार सवारी दुर्घटनाः हरिन्द्र, मनिस, उपिन्द्र र रुद्रको मृत्यु

67

एआइद्वारा निर्मित तस्बिर – 

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ। पर्सा, धनुषा र सुर्खेतमा भएका यी दुर्घटनामा चालकदेखि पैदलयात्रीसम्म प्रभावित भएका छन्।

पर्साको सखुवाप्रसौनी–५ महुवनमा सोमबार राति बीआर ०५ बिएल ०६४५ नम्बरको भारतीय कार अनियन्त्रित भई दुर्घटना हुँदा चालक हरिन्द्र साह तेली (२३) को वीरगन्ज न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। सोही कारमा सवार अर्का एक व्यक्ति घाइते भएका छन्।

धनुषामा दुई छुट्टाछुट्टै ट्याक्टर दुर्घटनामा दुई युवाको ज्यान गएको छ। मिथिला–२ सुकजोर टोलमा ज.१ त ९४०४ नम्बरको ट्याक्टरले किचेर मनिस राउत (२०) को जान गएको छ। घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनुषा, गणेशमान चारनाथ नगरपालिकामा अर्को ट्याक्टरबाट खसेर उपिन्द्र सद (२७) घटनास्थलमै मृत्यु भएका छन्। ट्याक्टर र चालक फरार रहेका छन् र प्रहरीले खोजी कार्य तीव्र पारेको छ।

सुर्खेतको वीरेन्द्रनगर–११ मा क.प्र. ०२-००१ क ०१३६ नम्बरको टिपर अनियन्त्रित भई सडकमा पल्टिँदा चालक रुद्र बहादुर शाही (३३) गम्भीर घाइते भएका थिए। नेपालगन्ज मेडिकल कलेजमा उपचारकै क्रममा उनको मृत्यु भएको छ।

सरकारी निकाय र प्रहरीले सबै दुर्घटनाका विषयमा अनुसन्धान जारी राखेका छन्।

Leave A Reply

Your email address will not be published.