समानुपातिक सांसदहरुले पाए प्रमाणपत्र
५ चैत, काठमाडौं – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदहरुले आज निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेका छन्।
निर्वाचन आयोगले आज आयोजित कार्यक्रममा विभिन्न दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण सुरु गरेको हो।
निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेस २०, नेकपा एमाले १६, नेपाली कम्युनिष्ट पार्टी ९, र श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४/४ जना सांसद निर्वाचित भएका छन्।
निर्वाचित प्रमाणपत्र वितरणपछि आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाउने तयारी गरेको छ।