ग्रीनसिटीको आयोजनामा नारायणी रंगशाला सडकखण्डमा वृहत सरसफाइ

36

वीरगञ्ज, २१ वैशाख — ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्ज महानगरपालिका तथा गौतम माध्यमिक विद्यालयको संयुक्त आयोजनामा वीरगञ्जस्थित नारायणी रंगशाला जाने सडक खण्डमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ अन्तर्गत पर्ने उक्त क्षेत्रमा आयोजित कार्यक्रम ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा गौतम माध्यमिक विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, शिक्षकहरू रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान लगायत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारीहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युबराज कटवाल, सशस्त्र प्रहरी बल १३ गणका डीएसपी मोहन निरौला, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, नगर प्रहरी प्रमुख हरि भुसाल तथा नगर प्रहरीका जवानहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

सरसफाइ कार्यक्रममार्फत नारायणी रंगशाला आसपासको सडक क्षेत्र सफा गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले वातावरणीय स्वच्छता कायम राख्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

Leave A Reply

Your email address will not be published.