छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

45

काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो।

यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। तर, छठ पर्वको मुख्य विधि अनुसार पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा रहेकाले थप एक दिन बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिइएको उल्लेख छ। यस निर्णयसँगै छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार र ३० गते सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

Leave A Reply

Your email address will not be published.