जगरनाथपुरमा विपन्न परिवारलाई विवाह अवसरमा खाद्यान्न सहयोग

313

पर्सा । जगरनाथपुर गाउँपालिका–६ मा एक अति विपन्न परिवारलाई विवाहको अवसरमा आवश्यक खाद्यान्न सामग्री सहयोग गरिएको छ।

समाजसेवी तथा स्थानीय व्यक्तित्वकी श्रीमती सुभावती देवीले मानवीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गर्नुभएको हो। उहाँले विवाह हुन लागेको परिवारलाई केही सहजता होस् भन्ने उद्देश्यले २ बोरा चिउरा र १५ लिटर रिफाइन तेल उपलब्ध गराउनुभएको हो।

समाजसेवी पक्षले आफ्नो परिवारसँगै श्रीमतीको पनि सामाजिक सेवामा उत्तिकै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यस्ता कार्यले विपन्न परिवारलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेको छ।

उहाँले सहयोगलाई केवल दान नभई मानवता र आपसी सहकार्यको उदाहरणका रूपमा लिनुपर्ने बताउनुभयो। साथै, उक्त परिवारको वैवाहिक जीवन सुखद, सफल र उज्ज्वल होस् भन्ने शुभकामना समेत व्यक्त गरिएको छ।

यस्ता सहयोगात्मक कार्यले समाजमा आपसी सहयोग, सद्भाव र मानवीय मूल्यलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.