जग्गा किर्ते प्रकरणमा एक पक्राउ, तीन जना फरार

58

पर्सा — पर्साको बिन्दावासिनी गाउँपालिका–४ मधवलका विनोद कुमार चौरसिया किर्ते जालसाजीको आरोपमा सोमबार पक्राउ परेका छन्।

उनीमाथि सोही गाउँकी सुरसती देवीको जग्गा किर्ते गरी मालपोत कार्यालय पर्साबाट आफ्नो नाममा लालपुर्जा बनाएको आरोप लागेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, यस प्रकरणमा विनोदका भाइ हरिकिशोर प्रसाद चौरसिया, लालबाबु चौरसिया र रामबाबु चौरसिया पनि संलग्न रहेको आरोप छ। उनीहरू हाल फरार रहेका छन् र प्रहरीले खोजी तीव्र पारेको जनाएको छ।

पक्राउ परेका विनोद कुमार चौरसियामाथि जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.