जन जागरण युवा क्लबको २८ वर्षे यात्रा, सामाजिक सेवामा निरन्तर योगदान

34

बारा, भदौ २६ ।

बाराको जन जागरण युवा क्लबले आफ्नो २८औँ वार्षिक साधारण सभा कलैयामा सम्पन्न गरेको छ। संस्थाका कार्यवाहक अध्यक्ष राजदेव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक भैयाराम यादवले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा यादवले समाजमा केही गरौँ भन्ने हुटहुटीका साथ स्थापना भएको संस्था २८ वर्षको यात्रामा विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको बताए। २८ वर्षअघि संस्थाको स्थापना र विकासका लागि गरिएको मेहनतले आज सार्थकता पाउँदा आफूलाई खुसी लागेको उनले बताए।

संस्थालाई अघि बढाउन आफूहरूले जीवनको अमूल्य समय दिएको उल्लेख गर्दै यादवले संस्थाले अहिले रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता तथा गरिबी निवारणलगायतका क्षेत्रमा काम गरिरहेको देख्दा गर्व र खुसी लागेको बताए।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सियाराम यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै पारदर्शी रूपमा काम गर्दै आएकै कारण संस्था आजको अवस्थामा आइपुगेको बताए। यस्तै, संस्थाले पहिलो आर्थिक वर्षमा सञ्चालन गरेका गतिविधिबारे कार्यकारी निर्देशक डा. श्रीनिवास बैठाले प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन लक्ष्मी खरेलले गरेका थिए। साधारण सभामा संस्थाका पदाधिकारी, सदस्य, कर्मचारी, दातृ निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.