पर्सामा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खो–खो जिल्ला छनोट प्रतियोगिता सम्पन्न

62

वीरगञ्ज आनन्द पटेल।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत पर्सा जिल्ला स्तरीय खो–खो छनोट प्रतियोगिता सम्पन्न भएको छ।

पर्सा जिल्ला खो–खो संघको आयोजनामा सम्पन्न प्रतियोगिता संघका उपाध्यक्ष प्रेमकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो। प्रतियोगितामा एस.आर. ग्यालेक्सी एकेडेमीकी निर्देशक रिता कुशवाहा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

त्यसैगरी, विशिष्ट अतिथिका रूपमा मधेश प्रदेश खो–खो संघका उपाध्यक्ष एवं राष्ट्रिय खो–खो निर्णायक आकाश पटेलको उपस्थिति रहेको थियो।

कार्यक्रममा राष्ट्रिय खो–खो निर्णायक रानु दास, निर्णायक उपेन्द्र पटेल, पर्सा जिल्ला खो–खो संघका सहसचिव दीपक साह, कोषाध्यक्ष बजरंगी पटेल, सुनिल महतो, मखन चौधरी, मेहनाज, रिंकु, लालबाबु रामलगायतको सहभागिता रहेको थियो।

प्रतियोगिताले जिल्लामा खो–खो खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी छनोट गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

कार्यक्रमको सहजीकरण नजरुल हसन अन्सारीले गरेका थिए।

Leave A Reply

Your email address will not be published.