पर्सा–३ बाट एमालेका प्रतिनिधि सभा उम्मेदवारमा रुपेश पाण्डे

64

वीरगञ्ज । नेकपा एमालेले पर्सा क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि रुपेश पाण्डेलाई औपचारिक रूपमा उम्मेदवारी टिकट प्रदान गरेको छ।

वीरगञ्जस्थित पुजन होटलमा आयोजित विशेष कार्यक्रममा नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादवले उम्मेदवार पाण्डेलाई टिकट हस्तान्तरण गरेका हुन्। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

टिकट ग्रहणपछि बोल्दै उम्मेदवार रुपेश पाण्डेले निर्वाचनमा पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सा–३ का जनताको विकास, सुशासन र समृद्धिका सवालमा आफू दृढतापूर्वक उभिने बताए।

कार्यक्रममा सहभागी नेताहरूले पाण्डेको उम्मेदवारीले क्षेत्रको राजनीतिक प्रतिस्पर्धालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.