मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव नेपाल ल्याउन सांसद कानुको पहल

60

वीरगञ्ज, भदौ २९ ।

पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले पर्सागढी नगरपालिका–९ बडेड्वाका शिव महतो थारुका छोरा ध्रुप महतो थारुको मलेसियामा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको छ।

मलेसियामा चार दिनअघि ध्रुपको निधन भएको खबर पाएपछि सांसद कानु सोमबार उहाँको घरमा पुग्नु भएको हो। उहाँले परिवारजन तथा स्थानीयवासीसँग भेटघाट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

भेटका क्रममा सांसद कानुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो। दुःखको यस घडीमा आफू परिवारको साथमा रहेको बताउँदै उहाँले धैर्य धारण गर्न आग्रह गर्नुभयो।

सांसद कानुले मलेसियामा निधन भएका ध्रुपको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिनुभयो। शव नेपाल ल्याउने प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाइने उहाँले प्रतिबद्धता जनाउनुभयो।

वैदेशिक रोजगारीका क्रममा परिवारका सदस्य गुमाउनुपर्दा परेको पीडाप्रति संवेदनशील हुँदै सांसद कानुले शव नेपाल ल्याउन आवश्यक सबै पक्षसँग समन्वय गर्ने बताउनु भएको छ।

परिवारजन तथा स्थानीयवासीले दुःखको समयमा घरमै पुगेर समवेदना व्यक्त गर्नुका साथै शव नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएकोमा सांसद कानुप्रति आभार व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.