वैशाख अन्तिम सातामा सार्वजनिक हुँदै एसईईको नतिजा

66

१३ काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा वैशाख महिनाको अन्तिम साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षणको काम अन्तिम चरणमा पुगेको र प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने कार्य तीव्र रूपमा भइरहेको जनाएको छ ।

बोर्डका अनुसार यस वर्ष नतिजा छिट्टै प्रकाशन गर्ने तयारी गरिएको छ । गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए ।

अघिल्ला वर्षहरूमा एसईईको नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरे पनि यसपटक भने परीक्षा सम्पन्न भएको करिब एक महिनामै नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.