सशस्त्र प्रहरी पर्साद्वारा करिव ७ बराबरको बिभिन्न समानहरु भन्सार दाखिला

794

असार २५, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले भन्सार छलीका करिव ७ बराबरको बिभिन्न समानहरु फेला पारी भन्सार दाखिला गरेको छ । 

मंगलवार प्रास्तावीत सीमा सुरक्षा गुल्म वीरगंजबाट खटेको सशस्त्र प्रहरी टोलीले सो समान पक्राउ गरी भन्सार दाखिला गरेको हो ।

सशस्त्र प्रहरीले वीरगंज १६ ईदगाह चौकबाट भारत देखि नेपाल तर्फ ल्याउदैं गरेको अवस्थामा चार लाख एघार हजार बराबरको किराना, कस्मेटीक, अमुल चिज तथा औषधीहरु बरामद गरेको थियो । यसैगरी सोही गुल्मबाट खटेको सशस्त्र प्रहरी टोलीले करिव साढे दुई लाख बराबरको १२५ थान साडी, ८ थान क्मपुटर, सिपियु फेला पारी भन्सार दाखीला गरेको सशस्त्र प्रहरीका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिए ।

यसैगरी आजै सोही गुल्मबाट खटेको सशस्त्र प्रहरी टोलीले वीरगंज २५ श्रीसियाबाट भन्सार छली गरी भारतबाट ल्याउदैं गरेको अवस्थामा एक लाख आठ हजार बराबरको १०८ थान कुर्ता सुर्वाल बरामद गरी भन्सार दाखिला गरेको प्रवक्ता सिंहले जानकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.