१९ औं सशस्त्र प्रहरी दिवसमा पर्सामा रक्तदान सम्पन्न, ३८ जनाद्वारा रक्तदान

40

वीरगञ्ज, ४ वैशाख आनन्द पटेल। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले आफ्नो १९औं स्थापना दिवस २०८३ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित गण मुख्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम सशस्त्र प्रहरी बल नं. १३ गणको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी पर्सा, वीरगञ्जको सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रममा स्थानीय बासिन्दाको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका २६ जना कर्मचारी तथा १२ जना सर्वसाधारण गरी जम्मा ३८ जनाले रक्तदान गरेका छन्। कार्यक्रमले मानव जीवन बचाउने महत्वपूर्ण कार्यमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

सशस्त्र प्रहरी बलले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवसेवा सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार यस्ता कार्यक्रमले संस्थाप्रति जनविश्वास बढाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.