रोट्रयाक्ट क्लब अफ शंकराचार्यको नयाँ कार्यसमिति गठन, अध्यक्षमा अक्षत चौधरी
वीरगञ्ज, साउन ३ — रोट्रयाक्ट क्लब अफ शंकराचार्यको तेस्रो पदस्थापना तथा नयाँ कार्यसमिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्लबका सल्लाहकार रोटेरियन राकेश मिश्रको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा रोटा वर्ष २०२६–२०२७ का लागि नयाँ नेतृत्वलाई पद तथा गोपनीयताको शपथ गराइएको हो।
नवनिर्वाचित कार्यसमितिअनुसार अध्यक्षमा अक्षत चौधरी, उपाध्यक्षमा पियुष दारुका, सचिवमा वैद्यनाथ जाटिया, कोषाध्यक्षमा प्रतिभा चौरसिया तथा चार्टर अध्यक्षमा पियुष अग्रवाल चयन भएका छन्। त्यसैगरी अमित कुमार सर्राफलाई क्लबको जिम्मेवारीमा समेटिएको छ भने अभिषेक सर्राफ अन्तर्राष्ट्रिय सेवा संयोजक तथा सम्पादक नियुक्त भएका छन्।
अन्य पदाधिकारीमा सूरज सर्राफ संयुक्त सचिव, प्रिया मित्तल संयुक्त कोषाध्यक्ष, अंकित अग्रवाल क्लब एडमिन चेयर, कुमार अभिमन्यु सार्जेन्ट–एट–आर्म्स, श्रुति चौधरी पब्लिक इमेज चेयर, निरञ्जन सर्राफ सदस्यता संयोजक, आदित्य जालान व्यावसायिक सेवा संयोजक, पियुष अग्रवाल सेवा परियोजना संयोजक, प्रिजेश शर्मा रोटरी फाउन्डेसन संयोजक तथा सुमित गुप्ता इन्टर्याक्ट को-अर्डिनेटरको जिम्मेवारी दिइएको छ।
क्लबको एडभाइजर समूहमा आदित्य सर्राफ रोटार्याक्ट प्रमोसन अफिसर, केशव अग्रवाल यंग लिडर्स कन्ट्याक्ट, सोहन पोद्दार क्लब एडभाइजर तथा रोटेरियन राकेश मिश्र क्लब एडभाइजरको रूपमा रहनेछन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोटेरियन राकेश मिश्रले नवगठित कार्यसमितिलाई बधाई दिँदै युवाहरूको नेतृत्व विकास, सामाजिक सेवा र समुदायप्रतिको उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउन क्लबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नवनिर्वाचित अध्यक्ष अक्षत चौधरीले क्लबलाई सामाजिक सेवा, नेतृत्व विकास, युवा सहभागिता तथा सामुदायिक हितका कार्यक्रममार्फत अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा रोटरी तथा रोट्रयाक्ट परिवारका सदस्य, विभिन्न सामाजिक व्यक्तित्व र आमन्त्रित अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।