स्थायी पदपूर्ति र राजनीतिक नियुक्ति अन्त्यको माग गर्दै लोकसेवा तयारीरत विद्यार्थीद्वारा ज्ञापनपत्र

94

हेटौंडा, साउन ८ — लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आफ्ना विभिन्न मागसहित बिहीबार जिल्ला प्रशासन कार्यालय, मकवानपुरमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

विद्यार्थीहरूले सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत ज्ञापनपत्र बुझाउँदै लोकसेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा स्थायी पदपूर्ति प्रक्रिया सञ्चालन गर्न, सचिवस्तरीय निर्णय नं. ११ खारेज गर्न तथा राजनीतिक नियुक्तिको अन्त्य गर्न माग गरेका हुन्।

ज्ञापनपत्रमा लोकसेवा आयोगको निष्पक्षता, पारदर्शिता र नियमित भर्ना प्रक्रियालाई सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।

विद्यार्थीहरूले आफ्ना मागहरू जायज रहेको भन्दै यथाशीघ्र सम्बोधन गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.